शुक्रबार, जेठ १, २०८३

श्रीलंकामा पुनः चिनियाँ समर्थक विजयी, होला भारतलाई सकस ?

 |  आइतबार, मंसिर १, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १, २०७६

काठमाडौं । चीन निकट मानिने गोटबाया राजपाक्षे श्रीलंकाको नयाँ राष्ट्रपति चुनिएका छन्।

National life

गोटबायाका दाइ पूर्वराष्ट्रपति महिन्दा राजपाक्षे पनि चीन निकट नै थिए। बीबीसी हिन्दीका अनुसार चीन निकट रहेका राजपाक्षे परिवारबाट श्रीलंकामा पुनः राष्ट्रपति चुनिनु चीनका लागि सुखद समाचार हो।

महिन्दा राजपाक्षे दश वर्ष सत्तामा छँदा श्रीलंकामा उल्लेखनीय रुपमा चिनियाँ लगानी भित्रिएको थियो।

त्यतिमात्र होइन, राजपाक्षेले चीनसँग अर्बौं डलर उधारो लिएको र पछि आफ्नो मुख्य बन्दरगाहबाट चिनियाँ पण्डुब्बी जान दिन बाटो खोलेको बीबीसीले जनाएको छ।

अहिले राष्ट्रपतिको चुनाव जितेका गोटवाया राजपाक्षे पनि चिनियाँ निकट रहेको र चीनकै सहयोगमा चुनाव जितेको विश्लेषणहरु आइरहेका छन्। गोटवायाले केही महिनाअघि मात्र अमेरिकी नागरिकता त्याग गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

गोटबाया युद्ध अपराधमा मुछिएका व्यक्ति हुन्। उनी चुनाव जितेपछि उनले अल्पसंख्यक तथा मुस्लिमहरु विरुद्ध कडा रुपमा प्रस्तुत हुने सम्भावना रहेको छ।

तर, गोटबायाले आफ्नो घोषणापत्रमा राष्ट्रवादको चर्को चर्चा गरेका छन्। राष्ट्रवादको चर्को नाराले गोटबायाले जीत हासिल गरेको भारतीय प्राध्यापकहरुको बुझाइ रहेको छ।

यता गोटबायाको जीतले भारतलाई सकस परेको बताइएको छ। व्यापारिक दृष्टिकोणले श्रीलंका भारत र चीनको महत्वपूर्ण स्थान हो। यसैगरी, तमिल समस्या समाधानका लागि भारतले अग्रसरता देखाए पनि गोटबायाको विजयले त्यो सम्भव देखिँदैन।

प्रकाशित: Nov 17, 2019| 11:16 आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।