शनिबार, कात्तिक २९, २०८२

रवि ओड सुदूरपश्चिम पर्यटन दूतमा नियुक्त

‘नेपाल आइडल सिजन २’ का बिजेता रवि ओडलाई सुदूरपश्चिम प्रदेश सरकार, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले सुदूरपश्चिमको पर्यटन दूतमा नियुक्त गरेको छ।
 |  आइतबार, मंसिर १, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १, २०७६

धनगढी- ‘नेपाल आइडल सिजन २’ का बिजेता रवि ओडलाई सुदूरपश्चिम प्रदेश सरकार, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले सुदूरपश्चिमको पर्यटन दूतमा नियुक्त गरेको छ।

National life

कञ्चनपुरको महेन्द्रनगरमा आयोजित सप्तरंग–२ कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले रवि ओडलाई प्रदेशको पर्यटन दूतमा नियुक्त गरेको प्रमाणपत्र दिईन्।

कार्यक्रमका प्रमुख अतिथी मन्त्री भट्टले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउने उद्देश्यले ओडलाई सुदूरपश्चिम प्रदेशको पर्यटन दूतमा नियुक्त गरेको बताईन्।

कलाकारिताको माध्यमबाट देश विदेशमा सुदूरपश्चिमको पर्यटकीय क्षेत्र, संस्कृति, रहनसहन तथा स्थानीय उत्पादनको प्रचार प्रसारमा सहयोग पुग्ने उद्देश्यले उनलाई पर्यटन दूतमा नियुक्त गरिएको मन्त्री भट्टले बताईन्।

नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित ‘भिजिट नेपाल २०२०’ घोषणा गरेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 17, 2019| 10:56 आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्