शनिबार, कात्तिक २९, २०८२

चार स्रष्टालाई म्युजिक नेपाल सम्मान

म्युजिक नेपालले आफ्नो ३६ औँ वार्षिकोत्सवको अवसरमा नेपाली आधुनिक गीत–सङ्गीत क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्याउने विशिष्ट चारजना साधकहरूलाई ‘म्युजिक नेपाल–सम्मान २०७६’ बाट सम्मानित गरेको छ।
 |  आइतबार, मंसिर १, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १, २०७६

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- म्युजिक नेपालले आफ्नो ३६ औँ वार्षिकोत्सवको अवसरमा नेपाली आधुनिक गीत–सङ्गीत क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्याउने विशिष्ट चारजना साधकहरूलाई ‘म्युजिक नेपाल–सम्मान २०७६’ बाट सम्मानित गरेको छ।

६ दशक लामो समयदेखि निरन्तर आफ्ना कालजयी गीत रचनाका माध्यमबाट नेपाली संगीत क्षेत्रमा योगदान पुर्याउँदै आएका गीतकारद्वय किरण खरेल र रत्नशमशेर थापा तथा साढे चार दशकभन्दा अघिदेखि नेपाली सुगम सङ्गीतमा साधनारत सङ्गीतकारद्वय दीपक जङ्गम र शम्भूजीत बासकोटालाई ‘म्युजिक नेपाल–सम्मान– २०७६’ बाट सम्मानित गरिएको हो।

सम्मान स्वरूप प्रति स्रष्टालाई नगद ५० हजार र ट्रफीसहित वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी, कवि–गीतकार एवम् नारायण गोपाल सङ्गीत कोषकी अध्यक्ष उषा शेरचन तथा म्युजिक नेपालका संस्थापक, अध्यक्ष सन्तोष शर्माले संयुक्त रूपमा सम्मान प्रदान गरेका थिए।

प्रकाशित: Nov 17, 2019| 10:34 आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्