आइतबार, साउन ३१, २०८३

तीन आमाछोरी हत्याको आरोपमा २ पक्राउ

गुल्मीमा १५ दिन पहिले विभत्स ढंगले हत्या गरिएको अवस्थामा फेला परेका तीन आमा छोरीको हत्यामा संलग्नको आशंकामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, कात्तिक २९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २९, २०७६

काठमाडौं- गुल्मीमा १५ दिन पहिले विभत्स ढंगले हत्या गरिएको अवस्थामा फेला परेका तीन आमा छोरीको हत्यामा संलग्नको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा  १५ दिन पहिले बेवारिसे अवस्थामा फेला परेका तीन वटा शवको पहिचाहनसँगै प्रहरीले हत्यामा संलग्नलाई शुक्रबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा बाग्लुङ गल्कोट नगरपालिका–८ ज्यामिरेका ४६ वर्षका पूर्णबहादुर सुनार र १९ वर्षका माधव सुनार छन्। अर्का एक अभियुक्त फरार रहेको गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए।

मृत्यु हुनेमा मोरङ कानेपोखरी गाउँपालिका–३ हरकपुर घर भइ हाल महानगरपालिका बस्दै आएकी ३२ वर्षकी सरिता भनिने शिवमाया लिम्बु र उनका ७ वर्षका जुम्ल्याहा छोरीहरु गंगा र जमुना रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मी र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले अभियुक्तलाई पोखरा महानगरपालिका–२५ हेम्जास्थित डेराबाट पक्राउ गरेको हो।

तीन जनाको निर्ममतापूर्वक हत्या गरिएको शव कच्ची सडकबाट चार मिटर पर फालिएको अवस्थामा भेटिएको थियो। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच प्रहरी स्रोतका अनुसार ‘अवैध यौन सम्बन्ध’ का कारणले उनीहरुको हत्या भएको खुलेको छ।

पक्राउ पर्ने मध्येका पूर्णबहादुरले संचालन गरेको होटलमा ति महिला कार्यरत रहेको र उनीहरुबीचमा अबैध यौन सम्बन्ध रहेको बुझिएको छ।

महिलालाई फकाएर पूर्णबहादुरले बाग्लुङस्थित आफ्नो घरमा राख्ने भन्दै लगेर बीच बाटोमा आमा छोरीको हत्या गरेको स्रातले बतायो।

प्रकाशित: Nov 15, 2019| 10:21 शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।