आइतबार, साउन ३१, २०८३

शिव सेनाले उपनिर्वाचन बहिष्कार गर्ने

शिव सेनाका अध्यक्ष अनिल बस्नेतले उपनिर्वाचन जनतासँग धोका भएकोले बहिष्कार गर्ने जनाएका छन्।
 |  शुक्रबार, कात्तिक २९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २९, २०७६


काठमाडौं - शिव सेना नेपालले आगामी मंसिर १४ गतेको उपनिर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ। शिव सेनाका अध्यक्ष अनिल बस्नेतले उपनिर्वाचन जनतासँग धोका भएकोले बहिष्कार गर्ने जनाएका छन्।


होली वाइन खाएर हिन्दु धर्म समाप्त पार्न खोज्नेहरुले गराएको निर्वाचनमा सहभागी नहुने जनाउँदै बस्नेतले भने, ‘यसअघिको निर्वाचन पनि हामीले बहिष्कार गरेका छौं। नेपालमा हिन्दु धर्म पुनस्र्थापना हुनुपर्छ। राजतन्त्र फर्किनुपर्छ। विदेशीको इसारामा गरिने यस्ता चुनावमा हामी भाग लिँदैनौं।’


विदेशको इसारामा भइरहेको चुनावमा लगानी पनि विदेशकै भएको दाबी गर्दै बस्नेतले प्रश्न गरे, ‘निर्वाचनमा युवालाई मासु र रक्सी खुवाउने पैसा कहाँबाट आउँछ?’


उपनिर्वाचनमा सहभागी दलहरुलाई निर्मला पन्तको हत्यारा, नेताहरुको उपचार विदेशमा गराइएको विषयमा प्रश्न गर्न बस्नेतले सुझाव दिएका छन्।

सरकारले सीमा रक्षा गर्न नसकेको भन्दै देशमा सरकारविरुद्ध र स्वाधीनता रक्षाका लागि निर्वाचन बहिष्कार गर्न शिवसेनाले आग्रह गरेको छ।

प्रकाशित: Nov 15, 2019| 09:20 शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।