आइतबार, साउन ३१, २०८३

खुलामञ्चका टहरामा महानगरले लगायो ताला

काठमाडौंको खुलामञ्चसँगै जोडिएको गुठीको जग्गामा पसल राख्न बनाइएको टहरामा महानगरपालिकाले ताला लगाइदिएको छ। शुक्रबार महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीको उपस्थितिमा टहरामा ताला लगाइएको हो।
 |  शुक्रबार, कात्तिक २९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २९, २०७६

काठमाडौं – काठमाडौंको खुलामञ्चसँगै जोडिएको गुठीको जग्गामा पसल राख्न बनाइएको टहरामा महानगरपालिकाले ताला लगाइदिएको छ। शुक्रबार महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीको उपस्थितिमा टहरामा ताला लगाइएको हो।

दुईमाजु गुठीको उक्त जग्गा व्यक्तिगत जग्गासरह उपयोग गरेर मासिक सात लाख रुपैयाँ आउने गरी ३५ वटा कपडा पसललाई भाडामा लगाइएको थियो। खुलामञ्चबाट उत्तर र रत्नपार्कबाट दक्षिणतर्फको दुईमाजु गुठीको एक रोपनी जग्गामा टहरा बनाएर पसलका लागि भाडामा लगाइएको थियो।

व्यापारीहरुले भने पहिले क्षतिपूर्ति दिनुपर्ने तब मात्र पसल हटाउनुपर्ने माग राखेका छन्। व्यापारीहरुले आफूहरु वैधानिक रुपमा बसेको प्रमाण देखाएका छन्।

गुठीको जग्गामा पसल सञ्चालन गर्न गुठी संस्थानले २०७५ मंसिर २१ गते महानगरकी कर्मचारी अमृता भट्टराईलाई महिनाको १५ हजार तिर्ने करार गराएर ५ वर्षका लागि भाडामा दिएको थियो। तर सम्झौताविपरित भट्टराईले मन्दिर परिसरमा अन्य व्यापारीलाई भाडामा दिई धेरै पसल सन्चालन गराएपछि अभियन्ताहरुले विरोध जनाउन थालेका थिए।

चौतर्फी विरोध भएपछि यही कात्तिक १७ गते गुठी काठमाडौंले वडा कार्यालयलाई पत्र पठाई भट्टराईसँगको सम्झौता रद्द भएको जानकारी दिएको थियो। त्यसपछि वडाले अतिक्रमित क्षेत्र हटाउने प्रक्रिया थालेको हो।

प्रकाशित: Nov 15, 2019| 08:46 शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।