आइतबार, साउन ३१, २०८३

सल्यानमा जीप दुर्घटना, दुईको मृत्यु

सल्यानमा बिहीबार भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
 |  बिहीबार, कात्तिक २८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २८, २०७६

सुर्खेत - सल्यानमा बिहीबार भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिकाको फलावाङ्गबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ झ ४३२ नम्वरको जीप दुर्घटना हुँदा त्रिवेणी गाउँपालिका ४ फलावाङ्गका ६० वर्षीया कृष्णदेवी परियार र सोही ठाँउका ५९ वर्षीया यज्ञी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाका अनुसार दुबै जनाको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।

त्यस्तै दुर्घटनामा आठ जना घाइते भएका छन्। घाइते हुनेमा जीप चालक फलावाङ्गका २८ वर्षीय सन्दिप परियार, २३ वर्षीया रीता रावत, ८ वर्षीया ज्योती रावत, २३ वर्षीया मोति रावत, ५५ वर्षीया सावित्रा खत्री, २२ वर्षीया तारा थापा, २१ वर्षीया राधा बोहरा र दाङ तुलसीपुर उप-महानगरपालिकाकी २८ वर्षीया दिला बुढा रहेका सल्यान प्रहरीले जनाएको छ। घाइते सबैको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: Nov 14, 2019| 12:12 बिहीबार, कात्तिक २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।