आइतबार, साउन ३१, २०८३

अमेरिकी पेस्तोलसहित चितवनमा २ पक्राउ

चितवन प्रहरीले अमेरिकी पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।
 |  बिहीबार, कात्तिक २८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २८, २०७६

काठमाडौं - चितवन प्रहरीले अमेरिकी पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले बिहीबार बिहान राप्ती नगरपालिका–६ बाट पेस्तोलसहित दाङ तुलसीपुर उपमहानगरपालिका–१२ का ३७ वर्षीय मधुकर केसी र सल्यान कपुरकोट गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकीलाई पक्राउ गरेको हो।

चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले हर्दीस्थित तामाङ ब्लक उद्योगअगाडि पूर्वपश्चिम राजमार्ग छेउमा बा८५प ८०८४ नम्बरको मोटरसाइकलमा चढेका उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिए।

पेस्तोलसँगै त्यसको एक थान म्यागजिन र पाँच राउन्ड गोली बरामद भएको कोइरालाले जानकारी दिए। पक्राउ परेकालाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान थालिएको छ।

मुलुकी अपराध संहिता–२९७४ को हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा कारबाही तथा अनुसन्धान हुने प्रहरीले जनाएको छ। उक्त कसुर स्थापित भएमा हतियार जफत गरी पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।


इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

 

प्रकाशित: Nov 14, 2019| 07:02 बिहीबार, कात्तिक २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।