आइतबार, साउन ३१, २०८३

नगरबसमा बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क

रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले सञ्चालन गरेको नगरबसमा जेष्ठ नागरिक र बालबालिकालाई निःशुल्क सेवा।
 |  बिहीबार, कात्तिक २८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २८, २०७६

सुर्खेत - रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले नगरबस सञ्चालन गरेको छ। नगरबसमा जेष्ठ नागरिक र बालबालिकालाई निःशुल्क सेवा दिने नगरपालिकाले जनाएको छ।

नगरप्रमुख विशाल शर्माका अनुसार ५ वर्षमुनिका बालबालिका र ८० वर्षमाथिका जेष्ठ नागरिकले निःशुल्क सेवा पाउनेछन्।

त्यस्तै अपांगता भएका र विद्यार्थीले पनि विशेष छुट पाउने नगरपालिकाले बताएको छ। चौरजहारीको प्रमुख व्यापारिक केन्द्रदेखि नगरका जुनसुकै ठाउँमा २० रुपैयाँले यात्रा गर्न पाउने छन् भने नगरबाहिर भने अत्तिरिक्त भाडादर कायम गरिएको छ।

दुर्गमका नगरवासीलाई सहुलियतमा सेवा दिने उद्देश्यले नगरबस सञ्चालनमा ल्याइएको हो। गत आर्थिक वर्षमा नगरपालिकाले ९२ लाख १५ हजारमा तीन वटा बस खरिद थियो। एउटा मिनी अर्थात् २६ सिटे र दुई वटा ठूला (३२ सिटे) बस सञ्चालनमा ल्याएको हो।

प्रकाशित: Nov 14, 2019| 05:04 बिहीबार, कात्तिक २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।