आइतबार, साउन ३१, २०८३

बंगलादेशका राष्ट्रपति हमिद आज पोखरा जाँदै

नेपालको चार दिने सद्भावना भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति आज पोखरा जाँदैछन्।
 |  बिहीबार, कात्तिक २८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २८, २०७६

काठमाडौं- नेपालको चार दिने सद्भावना भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति आज पोखरा जाँदैछन्।

उनी बिहान ११ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थल ओर्लिने कार्यक्रम छ । विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीलगायतले स्वागत गर्नेछन्।

उनको सम्मानमा पोखरा महानगरपालिकाले झाँकी प्रदर्शन गर्ने तयारी गरेको छ।

राष्ट्रपति हमिदको भ्रमणका अवसरमा पोखरामा उच्च सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

राष्ट्रपति हमिद फेवाताल किनारास्थित फिस्टेल लजमा आराम गरेपछि केही समय फेवातालमा जलविहार गर्ने कार्यक्रम छ। त्यसपछि सेनाको हेलिकोप्टरबाट उनी रूपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगी पोखराको दृश्यावलोकन गर्नेछन्।

उनी आजै काठमाडौं फर्कने कार्यक्रम छ।

राष्ट्रपति हमिद समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा मंगलबार नेपाल आएका हुन्। उनी शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित: Nov 14, 2019| 03:39 बिहीबार, कात्तिक २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।