आइतबार, साउन ३१, २०८३

वसन्तपुरमा आजदेखि पार्किङ निषेध

वसन्तुरको डबली क्षेत्रमा सवारी पार्किङ गर्न रोक लगाइएको छ।
 |  बिहीबार, कात्तिक २८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २८, २०७६

काठमाडौं- वसन्तुरको डबली क्षेत्रमा सवारी पार्किङ गर्न रोक लगाइएको छ। ट्राफिक प्रहरी, जनप्रतिनिधि, नगर प्रहरी र हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम कार्यालयका प्रतिनिधिको वसन्तपुरमा बसेको संयुक्त बैठकले वसन्तपुरमा पार्किङ रोक लगाउने निर्णय गरेको हो।

काठमाडौं महानगरपालिका वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनले वसन्तपुर क्षेत्रमा बिहीबारबाटै पार्किङ निषेधको होडिङ बोर्ड राखिने जानकारी दिए। उनले पार्किङ निषेधमा कडाइ गर्न नगर प्रहरी परिचालनसमेत गरिने बताए।

उनले बैठकमा वसन्तपुर क्षेत्रमा दीर्घकालीनरूपले सवारी पार्किङ निषेध गर्ने योजनाबारे छलफल भएको जानकारी दिए। उनले भने, “अहिले विभिन्न संरचना बनिरहेको छ। सबै पूर्वाधार तयार गरिसकेपछि दीर्घकालीनरूपमा पार्किङ व्यवस्थापन गर्छाैं।”

विश्व सम्पदामा सूचीकृत क्षेत्रमा अनधिकृतरूपमा सवारी पार्किङ गरिएपछि सम्पदाप्रेमीले यसलाई हटाउनुपर्ने माग राख्दै आएका थिए। सम्पदाप्रेमी गणपतिलाल श्रेष्ठले विश्व सम्पदामा सूचीकृत क्षेत्रलाई पार्किङ स्थल बनाउन नहुने बताउँछन्।

महानगरीय ट्राफिक प्रहरी वृत्त जनसेवा, वसन्तपुरका इन्चार्ज गोविन्द रावत वसन्तपुर क्षेत्रमा पार्किङ गरेको पाइएमा कारबाही गरिने बताए।

जनशक्ति अभाव कम हुँदा पार्किङ अस्तव्यस्त भएको उनको भनाइ छ । उनले जनशक्ति बढाए र सबैले सहयोग गरे वसन्तपुरमा र्दीर्घकालीन रूपमा पार्किङ समस्या समाधान गर्न सकिने बताए। आकस्मिक सेवाका सवारीलाई भने प्रवेश गराइने उनले जानकारी दिए।

प्रकाशित: Nov 14, 2019| 02:32 बिहीबार, कात्तिक २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।