आइतबार, साउन ३१, २०८३

बोलेरोले किच्यो मोटरसाइकललाई, चालकको मृत्यु

बोलेरोको ठक्करबाट आज बिहान चितवनमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ...
 |  बिहीबार, कात्तिक २८, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २८, २०७६

चितवन- बोलेरोको ठक्करबाट आज बिहान चितवनमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगपालिका–६ का ३० वर्षीय रोशन सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा१०च ४४१३ नंको बोलेरोले विपरीत दिशाबाट आउँदै गरेको बा६६प २९६५ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते सापकोटाको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने बोलेरो र चालक प्रहरी नियन्त्रणमा रहेका छन् । दुर्घटना आज बिहान २ः३० बजे इच्छाकामना गाउँपालिका–६ जलवीरेमा भएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: Nov 14, 2019| 02:58 बिहीबार, कात्तिक २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।