आइतबार, साउन ३१, २०८३

बंगलादेश र नेपालका राष्ट्रपतिबीच भेटवार्ता

नेपालको औपचारिक सद्भावना भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिद र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।
 |  बुधबार, कात्तिक २७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २७, २०७६

काठमाडौं - नेपालको औपचारिक सद्भावना भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिद र नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ।

बुधबार साँझ भएको भेटवार्तामा राष्ट्रपति द्वयबीच दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र साझा चासोका विविध विषयमा छलफल हुनुका साथै दुबै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा विस्तृत कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

भेटवार्ता कार्यक्रममा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री, परराष्ट्र मन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलगायत नेपाल सरकार तथा बंगलादेश सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: Nov 13, 2019| 13:02 बुधबार, कात्तिक २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।