काठमाडौं- परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए) को उप–कार्यकारी निर्देशकमा नेकपा नेता अग्नी सापकोटाका छोरा रुपक सापकोटा नियुक्त भएका छन्।
प्रतिष्ठानकी उप कार्यकारी निर्देशक इन्द्रा अधिकारीले केही समयअघि राजीनामा दिएपछि बधुबार परराष्ट्र मन्त्रालयले सापकोटालाई उक्त पदमा नियुक्त गरेको हो।
सापकोटालाई मन्त्रालयले बोलाएर नियुक्त पत्र हस्तान्तरण गरिसकेको छ। नेता अग्नी सापकोटाका अर्का छोरा दीपक सापकोटा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत छन्।