काठमाडौं - रित्त रहेका र रित्त हुन लागेका संवैधानिक निकायका पदाधिकारीहरुको नियुक्तिका विषयमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच छलफल भएको छ।
नियुक्तिका विषयमा बुधबार संवैधानिक परिषद्को बैठक बोलाइएको थियो। तर, आन्तरिक सहमति नहुँदा परिषद्को बैठक विषय प्रवेश नगरी स्थगित भएको थियो।
त्यसलगतै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल 'प्रचण्ड' र कांग्रेस सभापति शेरबहादुर देउवाबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ।
बोलाइएको परिषद्को बैठकमा सभापति देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्मेशर राणा, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष उपस्थित भएका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोगलगायतका निकायका पदाधिकारी नियुक्तीको विषयमा छलफल भएको हो।