दाङ- घोराही नगरपालिका–१६ मा नेकपाबाट वडाध्यक्ष पदमा बागी उम्मेदवारी परेको छ।
नेकपाका कार्यकर्ता जगलाल चौधरीले नेकपाको कार्यदलको निर्णयप्रति तिब्र असन्तुष्टी जानाउदै घोराही उपमहानगरपालिका–१६ मा बागी उम्मेदवारी दर्ता गरेका हुन्।
तत्कालीन वडाध्यक्ष लक्षिन प्रसाद बुढाको मृत्यु भएपछि रिक्त रहेकको वडाध्यक्ष पदमा यहि मंसीर १४ गते उपनिर्वाचन हुँदैछ।
नेपाली राष्ट्रिय झण्डा, बाजागाजासहित मनोनयन दर्ता गराउन निर्वाचन कार्यलय पुगेका चौधरीले नेताको गुलामी र दलाली गर्नै प्रवृत्तिको विरोधमा आफ्नो उम्मेदवारी परेको बताए।