आइतबार, साउन ३१, २०८३

आचारसंहिता विपरित विद्यालयमै नेकपाको चुनावी सभा

निर्वाचन आचारसंहिता विपरित नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले अछाममा विद्यालयमै चुनावी सभा आयोजना गरेको छ।
 |  बुधबार, कात्तिक २७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २७, २०७६

अछाम- निर्वाचन आचारसंहिता विपरित नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले अछाममा विद्यालयमै चुनावी सभा आयोजना गरेको छ।

आगामी मंसिर १४ गते उपनिर्वाचन हुने मेल्लेख गाउँपालिका–५ बिन्धेवासिनीस्थित जनता माविको प्राङ्गणभित्रै नेकपाले चुनावी सभा आयोजना गरेको हो।

स्थानीय तहमा उपनिर्वाचनका लागि मनोनयन दर्ता गर्ने क्रममा बुधबार नेकपाले पढाई प्रभावित हुने गरी विद्यालयको प्राङ्गणभित्रै चुनावी सभा आयोजना गरेको छ।

नेकपाको चुनावी आमसभा गर्नकै लागि विद्यालयले दुई पिरियड मात्र पढाएर बिदा दिएको बुझिएको छ। नेकपाको चुनावी सभा यतिबेला संचालन भैरहेको छ।

विद्यालयको प्रधानाध्यापक परमानन्द जोशीले दुई पिरियड पढाएर विद्यार्थीलाई घर पठाएको जानकारी दिए।

‘हिजो प्रमुख जिल्ला अधिकारीसहितको सर्वदलीय बैठकले बुधबार एक दिन स्कुल बिदा गरिदिन अनुरोध गरेको रैछ’ जोशीले भने, ‘तर जानकारी ढिलो गरी आएकाले बिहान विद्यार्थी आएर दुई पिरियड पढाएर पठाइयो।’

जोशीले विद्यालयको नयाँ बनेको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय बसेकाले पनि मनोनय दर्ताको दिन पढाईमा बाधा पुग्ने देखिएको बताए।

२०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा नेपाली कांग्रेसबाट निर्वाचित रामबहादुर बोहोराको निधन भएपछि मेल्लेख–५ मा उपनिर्वाचन हुन लागेको हो।

प्रकाशित: Nov 13, 2019| 10:00 बुधबार, कात्तिक २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।