आइतबार, साउन ३१, २०८३

सीमा विवादमा कुटनीतिक पहल थाल्न राप्रपाको माग

नेपाल-भारतबीचको सीमा विवाद समाधानका लागि कुटनीतिक पहल तत्कालै थाल्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माग गरेको छ।
 |  बुधबार, कात्तिक २७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २७, २०७६

काठमाडौं - नेपाल-भारतबीचको सीमा विवाद समाधानका लागि कुटनीतिक पहल तत्कालै थाल्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माग गरेको छ।

अध्यक्ष कमल थापाको निवास बुढानिलकण्ठमा बुधबार बसेको पदाधिकारी बैठकले कुटनीतिक पहल गर्न सरकारसँग माग गरेको हो।

‘सुगौली सन्धिबाट कायम रहेको काली नदी पूर्वको नेपालको भू-भाग समेतलाई समेट्ने गरि हालसालै भारतबाट एकतर्फी रुपमा राजनीतिक नक्सा प्रकाशित गरिएको र सोबाट यसअघि नेपाल र भारत सरकारकाबीच सीमा विवाद समाधानका सम्बन्धमा गठन गरिएको सचिव स्तरीय संयन्त्र समेतलाई अवमूल्यन हुन गई नेपाल-भारत बीचको सम्बन्धमा संशय पैदा हुन गएको विषयलाई राप्रपाले अत्यन्त गम्भीरतापूर्वक लिएको छ।’ राप्रपाको निर्णयमा भनिएको छ, ‘दुई घनिष्ठ छिमेकीका बीचमा संशय पैदा हुनु र संशय कायम रहिरहनु निश्चितरूपमा दुवै देशको हितमा हुँदैन। भारतबाट प्रकाशित राजनैतिक नक्सामा भएको त्रुटी सच्याउन र नेपालको भू-भागको संरक्षण गर्नको लागि अविलम्ब कुटनीतिक पहल गर्न नेपाल सरकार समक्ष राप्रपा जोडदार माग गर्दछ।’

यसैगरी अध्यक्ष थापा डिसेम्बर ४ र ५ तारिखमा अमेरिकाको वासिङ्टनमा हुने इन्टरनेशनल डेमोक्रेटिक युनियनको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन र पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता समाज अमेरिकाको अधिवेशनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेको जनाइएको छ। त्यसअवधिमा कार्य सम्पादन गर्न वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहको उपनिर्वाचनमा पार्टीको सशक्त उपस्थिति र विजय सुनिश्चित गर्न सबै पदाधिकारीहरु र केन्द्रीय कार्य समितिका सदस्यहरु अनिवार्य रुपले निर्वाचन हुने जिल्लामा परिचालन हुन निर्देश दिइएको श्रेष्ठले जनाए।

प्रकाशित: Nov 13, 2019| 08:01 बुधबार, कात्तिक २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।