आइतबार, साउन ३१, २०८३

सीमामा बेहोस पारेर लुटिएका २ मजदुरको उद्धार

गौरीफन्टा नाकामा बेहोस पारेर लुटिएका दुई नेपाली मजदुरलाई प्रहरीले उद्धार गरेको छ।
 |  बुधबार, कात्तिक २७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २७, २०७६

धनगढी - गौरीफन्टा नाकामा बेहोस पारेर लुटिएका दुई नेपाली मजदुरलाई प्रहरीले उद्धार गरेको छ।

भारतमा मजदुरी गरी घर फर्किरहेका कैलालीको गोदावरी नगरपालिका-१२ ओलानीका ३८ वर्षीय नवराज जोशी र घोडाघोडी नगरपालिका-७ लालपुरका ३५ वर्षीया गोपाल भाटको उद्धार गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले उनीहरु दुवैजनालाई गौरीफन्टा नाकाबाट उद्धार गरिएको जानकारी दिए।

जोशीको प्रहरीले र भाटलाई आफन्तले उद्धार गरेको हो। उनीहरु दुवैजना सेती प्रादेशिक अस्पतालमा उपचार गराएर घर फर्किसकेका प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए।

उनका अनुसार एकजनाले संगै रहेका साथीले दिएको बिस्कुट र अर्कोले चिसो पेय पदार्थ खाएको बताएका छन्। उनीहरुको साथमा भएको सामान र नगद सबै लुटिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 13, 2019| 07:41 बुधबार, कात्तिक २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।