आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मिर्गौला तस्करी : निदान अस्पतालका सीईओसहित पाँच थुनामा

मिर्गौला तस्करी : निदान अस्पतालका सीईओसहित पाँच थुनामा

 |  बुधबार, कात्तिक २७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २७, २०७६

काठमाडौं- मिर्गौला तस्करी आरोपमा पक्राउ परेका ललितपुरस्थित निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विपेन्द्र प्रधानसहित पाँच जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ।

जिल्ला अदालत, ललितपुरले सीईओ प्रधानसँगै अस्पतालका कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, डा. राजेश पन्त, मिर्गौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत रामचन्द्र आलेलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो।

उनीहरूमाथि बिरामीलाई भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गरेको आरोप छ। मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति रामेछाप दोरम्बा–३ का शंकर लामा योञ्जन हुन्।

मानव बेचविखन मुद्दामा पाँचै जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको मानव बेचविखन अनुसन्धान ब्युरोका एसपी गोविन्द थपलियाले जानकारी दिए।

मिर्गौला किनबेच गरी प्रत्यारोपण गराएको आरोपमा प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले गत असोज २९ गते उनीहरूलाई पक्राउ गरेको थियो।

प्रकाशित: Nov 13, 2019| 07:29 बुधबार, कात्तिक २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।