आइतबार, साउन ३१, २०८३

तीन भारतीयविरुद्ध ११ करोडको राजस्व चुहावट मुद्दा

नक्कली बिजक प्रयोग गरी राजस्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले तीन भारतीय नागरिकमाथि राजस्व चुहावटमा मुद्दा दायर गरेको छ।
 |  बुधबार, कात्तिक २७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २७, २०७६

काठमाडौं- नक्कली बिजक प्रयोग गरी राजस्व छली गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले तीन भारतीय नागरिकमाथि राजस्व चुहावटमा मुद्दा दायर गरेको छ।

भारतीय नागरिक केशव बंशलसहित तीन जनामाथि मुद्दा दायर गरिएको हो। बंशल काठमाडौं बाफलमा बस्छन्।

विभागले ११ करोड बिगो दाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। विभागका अनुसार बंशलसहित हस्पी केयर इन्टरनेसनलका रामसुन्दर रायभर र श्याम ट्रेडर्सका राकेश पाण्डेयलाई पनि विपक्षी बनाएको छ।

बंशलले राजस्व चुहावट गरी आर्जन गरेको रकमबाट खरिद गरेको घर, जग्गा तथा सवारीसाधन नेपाली नागरिकको नाममा दर्ता गरी भोगचलन गर्ने गरेको पाइएको विभागले जनाएको छ।

वस्तु तथा सेवा खरिद नै नगरी नक्कली बिजकमात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावट कसुरमा विभागले मुद्दा दायर गरेको हो।

विभागले मूल्य अभिवृद्धि करतर्फ तीन करोड १२ लाख १९ हजार ९ सय ५९ रूपैयाँ र आयकरतर्फ आठ करोड सात लाख ६४ हजार २०५ रूपैयाँ राजस्व चुहावट भएको दाबी गरेको छ। दुवै गरी विभागले ११ करोड १९ लाख ८४ हजार एक ६४ रूपैयाँ बिगो कायम गरेको छ।

आरोपितले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क) र (ख) बमोजिम कसुर गरेको विभागले जनाएको छ।

विभागको दाबी अनुसार ठहर भएका आरोपितलाई बिगोको दोब्बरसम्म जरिवाना तथा तीन वर्षसम्म कैद सजाय हुनेछ। यसबारे थप आवश्यक छानविन तथा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा लेखी पठाइएको विभागले जनाएको छ।

प्रकाशित: Nov 13, 2019| 06:17 बुधबार, कात्तिक २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।