काठमाडौं- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एक किलोग्राम सुनसहित चिनियाँ महिला पक्राउ परेकी छन्।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको टोलीले मंगलबार राति एक किलोग्राम सुनसहित अन्दाजी ३५ वर्षीया यीवा क्याथलाई पक्राउ गरेको हो।
भन्सार अधिकृत सविना ज्ञवालीले नियमित सामान चेकजाँचका क्रममा यीवाले बोकेको झोलामा सुन भेटिएको जानकारी दिइन्।
यीवा ड्रागन एयरलाइन्सबाट मंगलबार राति साढे १० बजे काठमाडौं ओर्लिएकी थिइन्।
घटनाबारे अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ।