आइतबार, साउन ३१, २०८३

कैलालीमा मोटरसाइकलकाे ठक्करबाट एकको मृत्यु

कैलालीमा मोटरसाइकलकाे ठक्करबाट एक जनाको ज्यान गएको छ।
 |  बुधबार, कात्तिक २७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २७, २०७६

धनगढी- कैलालीमा मोटरसाइकलकाे ठक्करबाट एक जनाको ज्यान गएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका-१, सुख्खडका ७७ वर्षीय जीतबहादुर बमको ज्यान गएको हो। पूर्वबाट पश्चिमतर्फ गइरहेको प्रदेश नं.२, २०३००२ प ८०६० नम्बरको मोटरसाइकलले सुख्खड बजारमा बाटो काट्ने क्रममा उनलाई ठक्कर दिएको थियो।

ठक्करबाट घाइते जीतबहादुरकाे उपचारको लागि भारतको लखनउ लैजाने क्रममा मंगलबार राति बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, सुख्खडका प्रहरी निरीक्षक हरिशरण भट्टले जानकारी दिए।

मोटरसाइकल चालक बर्दगोरिया गाउँपालिका-१, बौनियाका पारस परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Nov 13, 2019| 05:23 बुधबार, कात्तिक २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।