आइतबार, साउन ३१, २०८३

उपनिर्वाचन : भक्तपुरका १० मतदान केन्द्र संवेदनशील

भक्तपुरमा उपनिर्वाचनका लागि तोकिएका १० मतदान केन्द्र संवेदनशील मानिएका छन्।
 |  बुधबार, कात्तिक २७, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २७, २०७६

काठमाडौं- भक्तपुरमा उपनिर्वाचनका लागि तोकिएका १० मतदान केन्द्र संवेदनशील मानिएका छन्।

महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले भक्तपुर १ प्रदेशसभा (क)का २२ मतदान केन्द्रमध्ये चाँगुनारायण नगरपालिकाका नौ र भक्तपुर नगरपालिका एक मतदान केन्द्र संवेदनशील रहेको बताए। 

उनका अनुसार चाँगुनारायण नगरपालिकाका साविक दुवाकोट गाविस, आजात मावि, नैचापौवा आधारभूत विद्यालय, राधाकृष्ण मावि, चुनदेवी मावि, साविक नगरकोट गाविस, सरस्वती उमावि थाकलमाँठ, साविक सुडाल गाविस, गणेश मावि ताथली र भक्तपुर नगरपालिकाको सरस्वती विद्यागृह संवेदनशील छन्।

अन्य १२ मतदान केन्द्र भने सामान्य रहेको उनको भनाइ छ।

भौगोलिक अवस्था, दलीय प्रतिस्पर्धा, यसअघिका निर्वाचनका गतिविधिलगायतलाई आधार मानी मतदानस्थललाई संवेदनशील र सामान्य गरी दुई भागमा विभाजन गरिएको उनले बताए।

यस निर्वाचन क्षेत्रमा कूल ४५ हजार ३६ मतदाता रहेका छन्। यसअघिको निर्वाचनमा यस क्षेत्रमा ४३ हजार ५३२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: Nov 13, 2019| 05:15 बुधबार, कात्तिक २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।