काठमाडौं- आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनअन्तर्गत स्थानीय तहका लागि बुधबार मनोनयन दर्ता हुँदैछ।
निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गरिने निर्वाचन आयोगले जनाएको छ।
यसअघि गत कात्तिक २१ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि मनोनयन दर्ता गरिएको थियो।
आयोगका अनुसार विभिन्न कारणले रिक्त ५२ पदका लागि उपनिर्वाचन हुँदैछ, जसअन्तर्गत एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्य, एक नगर प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४३ वडाअध्यक्ष पदका लागि प्रतिस्पर्धा हुँदैछ।
३७ जिल्लामा हुन लागेको उपनिर्वाचनमा नयाँ १६ दलसहित १०१ दलले सहभागिता जनाउने भएका छन्।