आइतबार, साउन ३१, २०८३

'नेपालसँग सहकार्य गर्न तयार छौं'

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेपाल सरकारको सङ्कल्प साकार पार्न आफ्नो देशले नेपाललाई सक्दो सहयोग गर्ने बताएका छन्।
 |  मंगलबार, कात्तिक २६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २६, २०७६

काठमाडौं - बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने नेपाल सरकारको सङ्कल्प साकार पार्न आफ्नो देशले नेपाललाई सक्दो सहयोग गर्ने बताएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणमा रहेका उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग आज भएको भेटमा नेपालको उक्त लक्ष्य हासिल गर्ने परिकल्पना पूरा गर्न बङ्गलादेशले हातेमालो गर्दै अघि बढ्न चाहेको बताए।

बङ्गलादेशको स्वतन्त्रता सङ्ग्राममा नेपालको तत्कालीन राजनीतिक नेतृत्वले गरेको नैतिक समर्थन तथा बङ्गलादेशलाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता दिने नेपाल सातौँ मुलुक भएको स्मरण गर्दै उनले नेपालसँग आफ्नो देशको भावनात्मक सम्बन्ध रहेको बताएका मन्त्री ज्ञवालीले जानकारी दिए। राष्ट्रपति हमिदले बङ्गलादेशबाट अधिकतम लाभ लिन तथा द्विपक्षीय सहकार्य र साझेदारीलाई अझ घनीभूत तुल्याउनुपर्नेमा जोड दिएका थिए।

सम्पर्क सञ्जाल विस्तार, ऊर्जा सहयोग, बङ्गलादेशका बन्दरगाह उपयोग, पूर्वाधार निर्माण, पर्यटन विकास, व्यापार प्रवर्द्धनलगायत आपसी चासोका विविध विषयमा भेटका क्रममा छलफल भएको थियो।

राष्ट्रपति हमिदको यस भ्रमणबाट नेपाल र बङ्गलादेशबीचको परम्परागत सम्बन्धमा नयाँ अध्याय प्रारम्भ भएको परराष्ट्रमन्त्री ज्ञवालीले बताए। भेटमा परराष्ट्र सचिव शङ्करदास वैरागी, बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै बङ्गलादेशका परराष्ट्र सचिव, राष्ट्रपति कार्यालयका सचिव, सञ्चार सचिव तथा नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्ते शाम्सको उपस्थिति थियो।

प्रकाशित: Nov 12, 2019| 14:47 मंगलबार, कात्तिक २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।