आइतबार, साउन ३१, २०८३

'हाई प्रोफाइल जुवाडे' थप २० दिन थुनामै रहने

कार्तिक १० गते महाराजगञ्जको एक जुवा खालबाट पक्राउ परेका २५ जना 'हाई प्रोफाइल जुवाडे' थप २० दिन प्रहरी हिरासतमा बस्ने भएका छन्।
 |  मंगलबार, कात्तिक २६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २६, २०७६

काठमाडौं– कार्तिक १० गते महाराजगञ्जको एक जुवा खालबाट पक्राउ परेका २५ जना 'हाई प्रोफाइल जुवाडे' थप २० दिन प्रहरी हिरासतमा बस्ने भएका छन्।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरुमाथि अनुसन्धानका लागि अदालतबाट २० दिन थुनामा राख्ने म्याद लिएको छ।

उनीहरुलाई महानगरीय वृत्त महाराजगञ्जको टोलीले मंगलबार विभागमा बुझाएको थियो।

जिल्ला प्रशासन कार्यालयले दुई करोड ६७ लाख रुपैयाँसहित पक्राउ परेका २५ जुवाडेलाई सोमबार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उनीहरुसँग पहिलो पटक पक्राउ परेकाको हकमा ३० हजार र पटकेका हकमा ५० हजार धरौटी माग गरिएको थियो।

तर, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ती २५ जुवाडेलाई हाजिर गराउन पत्र लेखेपछि उनीहरूलाई प्रहरीले विभागमा बुझाएको हो।

गएको कात्तिक १० गते  महाराजगञ्ज पिपलमार्गस्थित बिक्रम गौतमको घरबाट ती २५ जुवाडे पक्राउ परेका थिए। 

जुवाखालबाट २ करोड ६७ लाख रुपैयाँसहित क्यासिनो किङका रुपमा चिनिने बलराम सापकोटा, सुमन अग्रवाल, पवन अग्रवाल, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, सीताराम खड्का, रोशन तामाङ पक्राउ परेका थिए ।

यस्तै राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, रञ्जन राजवंशी, सोदेल कार्की, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, अशोक श्रेष्ठ, प्रेम थापामगर, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा पनि पक्राउ परेका थिए ।

 

 

प्रकाशित: Nov 12, 2019| 13:17 मंगलबार, कात्तिक २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।