आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवाको प्रश्न : राष्ट्रवादी ओली सीमा अतिक्रमणमा किन बोल्दैनन्?

देउवाको प्रश्न : राष्ट्रवादी ओली सीमा अतिक्रमणमा किन बोल्दैनन्?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिपुलेकबारे आफूले भारतमा पटक-पटक कुरा राखेको बताएका छन्।
 |  मंगलबार, कात्तिक २६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २६, २०७६

हेटौंडा - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिपुलेकबारे आफूले भारतमा पटक-पटक कुरा राखेको बताएका छन्। प्रदेश ३ को राजधानी हेटौंडामा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मंगलबार भएको प्रदेश ३ स्तरीय महाधिवेसन प्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति देउवाले विगतका दिनमा आफूले सीमा समस्या तथा लिपुलेक र कालापानीबारे भारतमै गएर कुराकानी गरेको बताए। उनले कालापानी र लिपुलेक नेपालकै भएको दाबीसमेत गरे।

देउवाले राष्ट्रवादको कुरा गर्ने प्रधानमन्त्री ओली यसबारे चुप बसेको देखेर आफू आश्चर्यमा परेको बताए। उनले भने राष्ट्रवादका कुरा गर्ने प्रधानमन्त्री ओली किन खुलेर बोल्न सकेका छैनन्। लिपुलेक र कालापानी हाम्रो हो भनेर किन भन्न सकेका छैनन्?'

सरकारले मुलुकमा अधिनायकवाद लादेको आरोप देउवाले लगाए। उनले कार्यकर्तालाई सीमाना र राजनीति दुबै बचाउन निर्देशनसमेत दिए।

 

प्रकाशित: Nov 12, 2019| 12:42 मंगलबार, कात्तिक २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।