रौतहट- जिल्लाको इशनाथ नगरपालिका-४ स्थित मठिया प्रहरी चौकीमा आज दिउँसो सुतली बम विस्फोट भएको छ।
प्रहरीका अनुसार बिआर०५एच ६५०९ नम्बरको मोटरसाइकलमा आएका दुई जनाले प्रहरी चौकीमा बम प्रहार गरेका थिए। बमको छर्रा लागेर सेन्ट्रीमा बसेका एक प्रहरी जवान सामान्य घाइते भएका छन्।
बम प्रहार गरी भाग्न खोज्दा २५ वर्षीय चन्दन कुमारलाई दसगजा क्षेत्रबाट नियन्त्रणमा लिएको प्रदेश २ प्रहरीका प्रवक्ता एवं डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए।