आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चार दिने भ्रमणका लागि बंगलादेशका राष्ट्रपति हमिद काठमाडौंमा

चार दिने भ्रमणका लागि बंगलादेशका राष्ट्रपति हमिद काठमाडौंमा

चार दिवसीय औपचारिक सद्भावना भ्रमणका लागि बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल आइपुगेका छन्।
 |  मंगलबार, कात्तिक २६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २६, २०७६

काठमाडौं- नेपालकाे चार दिवसीय औपचारिक सद्भावना भ्रमणका लागि बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौं आइपुगेका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेशका समकक्षी हमिदलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन्।

उनको स्वागतका लागि भण्डारीसँगै विभिन्न राजनीतिक दलका नेता तथा उच्चपदस्थ अधिकारी विमानस्थल पुगेका थिए।

हमिद राष्ट्रपति भण्डारीको निमन्त्रणामा नेपाल आएका हुन्।

नेपाली सेनाले राष्ट्रपति मोहम्मदलाई गार्ड अफ अनर दिएको छ। उनीसँग ५२ सदस्यीय प्रतिनिधिमण्डल छ।

परराष्ट्र मन्त्रालयका अनुसार हमिदले विभिन्न नेतासँग भेटवार्ता गर्नुका साथै विभिन्न स्थानको अवलोकन गर्ने कार्यक्रम तय भएको छ। 

हमिद कात्तिक २९ गते स्वदेश फर्कनेछन्।

प्रकाशित: Nov 12, 2019| 07:40 मंगलबार, कात्तिक २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।