आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मुख्यमन्त्री लालबाबु राउत एन्टाको साधारणसभामा भाग लिन अमेरिका जाँदै

मुख्यमन्त्री लालबाबु राउत एन्टाको साधारणसभामा भाग लिन अमेरिका जाँदै

प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत अन्ततः अमेरिका जाने भएका छन् ।
 |  मंगलबार, कात्तिक २६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २६, २०७६

जनकपुरधाम– प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत अन्ततः अमेरिका जाने भएका छन् ।

यसअघि कूटनीतिक राहदानी (रातो पासपोर्ट) पाउन नसकेपछि अमेरिका नगएको बताएका मुख्यमन्त्रीले राउतले १९ कार्तिकमा कूटनीतिक राहदानी पाएका हुन् ।

बुधबार राउतसँगै प्रदेशका मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा पनि अमेरिका जाँदै छन् ।

आज (मंगलबार) जनकपुरबाट काठमाडौंतर्फ लागेका राउतले अमेरिकामा बस्ने मधेशी मूलका व्यक्तिहरुको संस्था एसोसिएट अफ नेपाली तराईयन इन अमेरिका(एन्टा) को साधारणसभामा भाग लिने राउतको निजी सचिवालयले जनाएको छ ।

राउतको बुधबार अमेरिकातर्फ उड्ने र एन्टाको कार्यक्रममा सहभागी भई मंसिर ४ गते स्वदेश फर्कने कार्यक्रम तय भएको छ।

यसअघि जनकपुरधाममा आयोजित नेपाल साहित्य महोत्सवमा राउतले आफूलाई राहदानी दिने क्रममा परराष्ट्र मन्त्रालयले १० दिनसम्म कुराएर अपमानित गरेको बताएका थिए ।

परराष्ट्र मन्त्रालयले राहदानी दिन अनाकानी गरेपछि प्रधानमन्त्रीलाई फोन गरेर मात्र राहदानी पाएको उनको भनाई थियो ।

उनको कुटनीतिक राहदानीको म्याद २०८० भाद्र १८ गतेसम्मका लागि छ ।

प्रकाशित: Nov 12, 2019| 07:29 मंगलबार, कात्तिक २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।