काठमाडौं- भारतले नेपाली भू-भागलाई समेटेर नयाँ नक्सा जारी गरेपछि त्यसको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ।
भारतले मिचेको नेपाली भूमि फिर्ता ल्याउन सरकारलाई खबरदारी गर्न नेविसंघ काठमाडौं समितिले पशुपति क्याम्पस, चावहिलमा प्रदर्शन गरेको हो।
नेविसंघले राष्ट्रियता जोगाउन नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामासमेत मागेका छन्।
भारतले नेपाली भूमिलाई समेटेर नयाँ नक्सा जारी गरेपछि त्यसको विरोधमा देशभर दिनहुँ प्रदर्शन भइरहेको छ।
सरकारले भारतले जारी गरेको नयाँ नक्सा नेपाल सरकारलाई अमान्य हुने जनाइसकेको छ।