आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अझै छुटेनन् 'हाइप्रोफाइल' जुवाडे, सम्पत्ति शुद्धीकरणले अनुसन्धान गर्दै

अझै छुटेनन् 'हाइप्रोफाइल' जुवाडे, सम्पत्ति शुद्धीकरणले अनुसन्धान गर्दै

२ करोड ६७ लाख रुपैयाँ सहित जुवाको खालबाट पक्राउ परेका २५ जुवाडेमाथि सम्पत्ति शुद्धीकरण विभाले पनि अनुसन्धान थालेपछि उनीहरुको हिरासत अझै लम्बिने भएको छ ।
 |  मंगलबार, कात्तिक २६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २६, २०७६

काठमाडौं- २ करोड ६७ लाख रुपैयाँ सहित जुवाको खालबाट पक्राउ परेका २५ जुवाडेमाथि सम्पत्ति शुद्धीकरण विभाले पनि अनुसन्धान थालेपछि उनीहरुको हिरासत अझै लम्बिने भएको छ ।

उनीहरुलाई थप अनुसन्धानका लागि विभागमा बुझाउन लागिएको महानगरीय प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले नेपाल समयलाई जानकारी दिए ।

जुवा खेलेको अभियोगमा दायर भएको मुद्दामा जिल्ला प्रशासन कार्यालयले सोमबार उनीहरुलाई धरौटीमा रिहा गरेको थियो । तर,रिहा हुनासाथ उनीहरुको सम्पत्ति छानविनका लागि भन्दै प्रहरीले सोमबार नै पुनः पक्राउ गरेको हो ।

गएको कात्तिक १० गते महाराजगञ्जमा जुवाखालबाट २ करोड ६७ लाख रुपैयाँसहित क्यासिनो किङका रुपमा चिनिने बलराम सापकोटासहित सुमन अग्रवाल, पवन अग्रवाल, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, सीताराम खड्का, रोशन तामाङ पक्राउ परेका थिए ।

यस्तै राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, रञ्जन राजवंशी, सोदेल कार्की, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, अशोक श्रेष्ठ, प्रेम थापामगर, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा पनि पक्राउ परेका थिए ।

प्रकाशित: Nov 12, 2019| 04:55 मंगलबार, कात्तिक २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।