काठमाडौं- भारत केन्द्रविन्दु भएर गएको भूकम्पका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा धक्का महसुस गरिएको छ।
भूकम्प मापन केन्द्र, सुर्खेतका अनुसार भारतको मुन्सीयारी केन्द्रविन्दु भएर गएको ४.६ रेक्टर स्केलको भूकम्पका कारण सुदूरपश्चिमका बैतडी र दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो।
भूकम्प आज बिहान ७ः४५ बजेमा गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक चन्दा शाहले जानकारी दिए।
रासस