आइतबार, साउन ३१, २०८३

आफ्नै गुप्तचर राख्न विधेयक ल्याउँदै प्रदेश २ सरकार

प्रदेश नं २ को सरकारले आफ्नो छुट्टै अनुसन्धान ब्यूरो (गुप्तचर) राख्न विधेयक तयार पारिरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
 |  मंगलबार, कात्तिक २६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २६, २०७६

जनकपुर- प्रदेश नं २ को सरकारले आफ्नो छुट्टै अनुसन्धान ब्यूरो (गुप्तचर) राख्न विधेयक तयार पारिरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहाले संविधानले दिएको अधिकार प्रयोग गरी प्रदेश अनुसन्धान ब्यूरो गठन गर्न विधेयक ल्याउन लागिएको बताए। यसअघि प्रदेश सरकारले प्रदेश प्रहरीसम्बन्धी विधेयक संसद्बाट पारित गरिसकेको छ।

प्रदेश सरकारले प्रदेश अनुसन्धान ब्यूरो गठनका लागि चाहिने विधेयक निर्माण प्रक्रियालाई अगाडि बढाइसकेको भन्दै राज्यमन्त्री कुशवाहाले भने , “विधेयक अहिले कार्य व्यवस्था समितिबाट पारित भएर कानुन मन्त्रालयमा आइसकेको र अब प्रदेशसभामा दर्ता हुनेछ।”

केन्द्रमा रहेको राष्ट्रिय अनुसन्धान ब्यूरोले गर्ने प्रवृत्तिकै काम प्रदेश अनुसन्धान ब्यूरोले गर्नेछ।

केन्द्रीय ब्यूरोले देशभरि काम गर्छ भने प्रदेश अनुसन्धान ब्यूरोले प्रदेशभरि सूचना सङ्कलनलगायतका काम गर्ने उल्लेख गर्दै उनले संविधानमा उल्लेख भएअनुसार नै प्रदेश अनुसन्धान ब्यूरो गठन हुन लागेकाले यसमा विवाद गर्ने ठाउँ नरहेको बताए।

अहिलेसम्म प्रदेशसभाबाट विभिन्न शीर्षकका २१ विधेयक पारित भई कानूनको रुप लिइसकेको र अझ दर्जनौँ विधेयक दर्ता हुने अवस्थामा रहेका मन्त्रालयले जनाएको छ। रासस

प्रकाशित: Nov 12, 2019| 03:19 मंगलबार, कात्तिक २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।