आइतबार, साउन ३१, २०८३

चन्द्रगढी विमानस्थल १० दिनका लागि बन्द

झापाको चन्द्रगढी विमानस्थल आजदेखि १० दिनका लागि पूर्णरुपमा बन्द गरिएको छ। चन्द्रगढी नागरिक उड्डयन कार्यालयले ...
 |  मंगलबार, कात्तिक २६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २६, २०७६

झापा- झापाको चन्द्रगढी विमानस्थल मंगलबार (आज)देखि १० दिनका लागि पूर्णरुपमा बन्द गरिएको छ।

चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सञ्चालन गर्न लागेको भन्दै मंगलबारदेखि आगामी ५ मङ्सीरसम्मका लागि पूर्णरुपमा बन्द गरेको हो।

एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग यसअघि पनि गत भदौ २० गतेदेखि असोज ४ गतेसम्म दिउँसो २:०० बजेदेखि उडान बन्द गरेर मर्मतसम्भार गरिएको थियो। तर त्यो वेलाको मर्मत सम्भार प्रभावकारी नभएकाले यस पटक पूर्ण रुपमा उडान बन्द गरेर काम शुरु गरेको उड्डयन कार्यालयका प्रमुख पूर्ण चुँडालले जानकारी दिए।

गौरी–पार्वती–देव एण्ड सायर जेभी काठमाडौंले धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि रु.१० करोड २३ लाखमा ठेक्का लिएको छ।

अहिले चण्द्रगढीमा विमानस्थलमा काठमाडौंंबाट बुद्ध, यति, नेपाल एयरलाइन्स, सौर्य, श्री एयरलाइन्स गरी १० विमान कम्पनीले नियमित उडान गर्दै आएका छन्। रासस

प्रकाशित: Nov 12, 2019| 03:06 मंगलबार, कात्तिक २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।