आइतबार, साउन ३१, २०८३

आलमलाई जोगाउन सरकारी साक्षीले नै फेर्दैछन् बयान

सांसद मोहम्मद अफ्ताव आलमबिरुद्ध बयान दिने भनिएका गौरीशंकर राम चमारले घटनाको विषयमा थाहा नभएको भन्दै अदालत पुगेका छन्।
 |  मंगलबार, कात्तिक २६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २६, २०७६

काठमाडौं- सांसद मोहम्मद अफ्ताव आलमबिरुद्ध बयान दिने भनिएका गौरीशंकर राम चमारले घटनाको विषयमा थाहा नभएको भन्दै अदालत पुगेका छन्।

बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर जलाएको अभियोगमा आलमबिरुद्ध अदालतमा थुनछेक बहस चलिरहेको बेला चमार सोमबार आलम पक्षका वकिलसँग अदालत पुगेका थिए। बयान फेरेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

चमार राजपुरमा भएको बम विस्फोटमा घाइते भएका सरकारी साक्षी हुन्। उनले आफू बमले नभएर स्टोभ पड्केर घाइते भएको कागज पेश गरेका छन्।

२७ चैत ०६४ को संविधानसभा निर्वाचनलाई लक्षित गरी बम बनाउँदै गर्दा भएको विस्फोटमा परेर घाइते भएका भनिएका चमारलाई सो घटनाको घाइते नभएको भन्दै आलम पक्षका वकिल सुरेशप्रसाद श्रीवास्तवले निवेदनसहित अदालत लैजाँदै थिए ।

विस्फोटमा परेर घाइते भएका भनिएका चमारको अनुहारको तल्लो भागदेखि छातीसम्म जलेको थियो । उनले यसअघि बम विस्फोट आलमको योजनामा भएको भन्दै रौतहट जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको प्रहरीले सार्वजनिक गरेको थियो ।

भारत बिहारको सीतामढी ग्राम मुसाचौक बैरगनियाका चमारले मट्टीतेलको स्टोभ पड्कँदा आफ्नो अनुहार जलेको विवरण निवेदनमा लेखेका छन् ।

यसअघि २१ कात्तिकमा बम विस्फोटमा मारिएका मोहम्मद ओसी अख्तरकी पत्नी अमना खातुनले आफ्नो पति वैदेशिक रोजगारीमा गएर नफर्किएको निवेदन अदालतमा दिएकी थिइन् ।

तर, ०७४ सालमै खातुनले पतिको मृत्यु दर्ता प्रमाणपत्र बनाइसकेकी थिइन् । विस्फोटमा घाइते भएका अख्तरलगायतलाई इँटाभट्टामा जलाएर मारेको आलममाथि अभियोग छ ।

आलम सर्मथकद्वारा मौन जुलुस

आलमका सर्मथकले गौरमा विशाल मौन जुलुस प्रदर्शन गरेका छन् । आलमको जिल्ला अदालतमा बहस चलिरहँदा सर्मथकले भने रिहाइको माग गर्दै गौरमा ठूलो सङ्ख्यामा सोमबार दोस्रो पटक मौन जुलुस निकालेका हुन् ।

बिपी चोकबाट निस्केको जुलुसले जिल्ला अदालत हुँदै गौर भन्सार पुगेर टुङ्गिएको थियो यसअघि पनि यसैगरी मौन जुलुस निकालिएको थियो ।

प्रकाशित: Nov 12, 2019| 02:39 मंगलबार, कात्तिक २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।