आइतबार, साउन ३१, २०८३

जनकपुरमा सामा–चकेवाको प्रदर्शनी

भाई–बहिनीबीच मायाको प्रतिकको रुपमा मनाइने मिथिलाको सांस्कृतिक पर्व सामा–चकेवा लोपन्मुख अवस्थामा प्रायः पुगिसकेको छ।
 |  सोमबार, कात्तिक २५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २५, २०७६

जनकपुरधाम- भाई–बहिनीबीच मायाको प्रतिकको रुपमा मनाइने मिथिलाको सांस्कृतिक पर्व सामा–चकेवा लोपन्मुख अवस्थामा प्रायः पुगिसकेको छ।

मुख्य रुपले यस पर्वप्रति रुचि राख्ने नयाँ पुस्ता कमै पाउने गरिएको छ। केही वर्ष अघिसम्म अधिकांशले धुमधामका साथ मनाउने सामा–चकेवा अहिले आएर सिमित व्यक्तिले मात्र मनाउने गरेका छन्।

मिथिलाको सांस्कृति पर्व सामा–चकेवालाई संरक्षण र प्रवद्र्धन गर्न आवाजहरु समेत उठ्ने गरेको छ। सामा–चकेवा लोप भइरहेको अवस्थामा यसलाई संवद्र्धन गर्ने उद्देश्यले जनकपुरमा सोमबार प्रर्दशनीको आयोजना गरिएको छ।

सामा–चकेवाका बारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले जनकपुरस्थि मिथिला नाट्यकला परिषद (मिनाप) ले पहिलो पटक सामा–चकेवाका सबै पात्रहरुको प्रदर्शनी गरेको हो।

प्रदर्शनीमा माटोले तयार पारिएका सामा–चकेवा, चुगला, वृन्दावन, जानकी जन्म, डिहुली, साम्ब, हंसनी, खन्जन, खररीच, रामभैया, भैया बटतकनी, मयुरनी, झाँझुर कुत्तासहिका प्रमुख पात्रहरु राखिएको छ।

कवि एवं कलाकार विजय दत्त मणिले तयार पारेका सामा–चकेवाका पात्रहरुको प्रदर्शनी हेर्न उल्लेख्य संख्यामा सर्वसाधारणहरु पुगेका छन्।

प्रदर्शनीको उद्घाटन जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह र उपमेयर रीता मिश्रले संयुक्त रुपमा गरेका छन्। प्रदर्शनीको उद्घाटन गर्दै साह र मिश्रले मिथिला संस्कृतिको प्रसिद्ध सामा–चकेवा पर्व सम्वद्र्धन गर्न सबै तर्फबाट सकारात्मक पहलको आवश्यक्ता रहेको बताएका थिए।

लोप भइरहेको सामा–चकेवा पर्वलाई सम्वद्र्धन एवं प्रवद्र्धन गर्ने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको मिनापका अध्यक्ष परमेश झाले बताए। प्रदर्शनीले सामा–चकेवाप्रति नयाँ पुस्तालाई जानकारी गराउने मुख्य उद्देश्य रहेको उनको भनाइ थियो।

कार्यक्रममा मिनापका पूर्वअध्यक्ष सुनिल मल्लिक, संगिता देवलगायतका कलाकारहरुले सामा–चकेवा पर्वमा गाइने पारम्परिक गीतहरु गाएका थिए।

छठको खरना दिनदेखि कार्तिक पूर्णिमासम्म सामा–चकेवा पर्व मनाइन्छ।

प्रकाशित: Nov 11, 2019| 11:27 सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।