आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सीमा विवादबारे राउतको अभिव्यक्ति : सिंहदरबारले सीमा रक्षा गरेको होइन

सीमा विवादबारे राउतको अभिव्यक्ति : सिंहदरबारले सीमा रक्षा गरेको होइन

भारतले जारी गरेको नक्सापछि तरंगित बनेको नेपाल–भारत सीमा विवादका विषयमा विभिन्न राजनीतिक दलका भातृ संगठनहरुले प्रदर्शन गरिरहेका छन्।
 |  सोमबार, कात्तिक २५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २५, २०७६

काठमाडौं- भारतले जारी गरेको नक्सापछि तरंगित बनेको नेपाल–भारत सीमा विवादका विषयमा विभिन्न राजनीतिक दलका भातृ संगठनहरुले प्रदर्शन गरिरहेका छन्।

सीमा विवादका विषयमा सरकारले सर्वदलीय बैठक गरिसकेको छ भने संघीय संसदको राज्य व्यवस्था समितिलगायतका समितिले पनि छलफल थालेको छ।

भारतसँगको सीमा विवादका विषयमा विभिन्न राजनीतिक दलका नेताहरुले प्रतिक्रिया जनाइरहँदा जनमत पार्टीका अध्यक्ष सीके राउतले सिंहदरबारले सीमा रक्षा नगरेको प्रतिक्रिया दिएका छन्।

नेपालको पूर्वी सीमा कञ्चनपुर जिल्ला पुगेर राउतले मधेशीहरुले नै सीमा रक्षा गरेको दाबी गरे।

राउतले लेखेका छन्, ‘सीमाना भूगोलको रेखांकनले मात्रै बन्दैन। जनतालाई अपनत्वको बोध हुनु अपरिहार्य नै हुन्छ। सैनिक ब्यारेक र सिंहदरबारले

सीमा रक्षा गरेका होइनन्, न त सडकमा प्लाकार्ड लिएर चुनाव अघि प्रदर्शन गर्नेहरुले।’

सीमाको रक्षा सीमानामा बस्नेहरुले गरेको दाबी गर्दै राउतले लेखेका छन्, ‘सीमाको रक्षा त त्यही सीमानामा बस्ने बासिन्दाहरूले गरेका हुन्।

त्यही दिनहुँ अपमानित, अपहेलित र शोषित हुने मधेशीहरुले गरेका हुन्। सवा करोड देव नारायण यादवहरुले गरेका हुन्।’

प्रकाशित: Nov 11, 2019| 09:17 सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।