सोमबार, चैत २, २०८२

अलिबाबाले ६८ सेकेन्डमै १ अर्ब डलरको सामान बेच्यो

चिनियाँ उपभोक्ताले सोमबार एकै दिनमा चिनियाँ ई कमर्श समूह अलिबाबाको अनलाइन प्लेट फर्ममा १ अर्ब अमेरिकी डलरको सामान खरिद गरेका छन् ।
 |  सोमबार, कात्तिक २५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २५, २०७६

शाङ्घाई–  चिनियाँ उपभोक्ताले सोमबार एकै दिनमा चिनियाँ ई कमर्श समूह अलिबाबाको अनलाइन प्लेट फर्ममा १ अर्ब अमेरिकी डलरको सामान खरिद गरेका छन् ।

National life

अलिबाबाले ६८ सेकेन्डभित्रै १ अर्ब अमेरिकी डलर बराबरको सामान बिक्री गरेको हो। उसले  १५ घण्टामा ३३ खर्ब २८ अर्ब डलरको व्यापार गरेको छ ।

अलिबाबाले चीनमा पछिल्ला वर्षहरुमा “वर्षमा एक दिन” (सिङ्गल्स डे) नामको विशेष छुट कार्यक्रम आयोजना गर्न थालेको छ, र यस दिन चिनियाँ नागरिकले सस्तोमा सामान किन्न पाउँछन् ।

अलिबाबाको स्टोरबाट इलेक्ट्रोनिक्सदेखि लत्ताकपडा र घरायासी सामानहरु भारी छुटमा बिक्री भएका थिए । 

अलिबाबाले गत वर्षको तुलनामा यसवर्ष ४३ मिनेट अघि नै अलि–पे मार्फत सम्पूर्ण भुक्तानी प्रक्रिया टुङ्ग्याएको जनाएको छ ।

Laxmi sunrise bank
kumari

अलि–पेका अनुसार ६३ मिनेट ५९ सेकेन्डमै १४ अर्ब ३० करोड अमेरिकी डलरको कारोबार गरेर नयाँ रेकर्ड समेत बनेको छ ।

अलिबाबाले यस्तो कार्यक्रमको आयोजना गर्न थालेको ११औं वर्ष पुगेको छ ।

विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनमा उपभोक्ताको मनस्थिति बुझ्न पनि यस कार्यक्रमले सहयोग गरेको छ ।

चीनको अर्थतन्त्र अहिले मन्दीतर्फ अग्रसर रहेको भनिए पनि खुद्रा बिक्रीको अवस्था राम्रो देखिएको छ ।

एक दिने खरिद अर्थात् “११.११” (नोभेम्बर ११) भनिने यस दिनलाई चिनियाँ “अविवाहित” (सिङ्गल्स) को दिन पनि भनिन्छ ।

यस कार्यक्रमका अवसरमा व्यापारिक शहर शाङ्घाईमा विशेष समारोह आयोजना गरिएको थियो ।

मध्यरातबाट शुरु हुने यस खरिदको शुभारम्भ अमेरिकी ग्रामी अवार्ड बिजेता कलाकार टेलर स्वीफ्टले विशेष समारोहबीच गरेकी थिइन् ।

गत वर्ष २४ घण्टे यस कार्यक्रममा अलिबाबा प्लेटफर्मबाट मात्र ३० अर्ब ७० करोड बराबरको सामान बिक्री भएको थियो । तर अघिल्लो वर्षको तुलनामा व्यापारमा सामान्य मन्दी आएको छ ।

अमेरिकामा सूचीकृत अलिबाबाले यसै महिनाको शुरुमा कम्पनीको बिक्री निकै बलियो देखिएको छ, तर कम्पनीको समग्र वृद्धि भने झण्डै ४० प्रतिशतले घटेको छ ।

तर यस वर्षको “सिङ्गल्स डे” कार्यक्रम पहिलोपटक अलिबाबाका सहसंस्थापक ज्याक माको अनुपस्थितिमा सम्पन्न भएको थियो ।

ज्याक माले गत सेप्टेम्बरमा अलिबाबा समूहको नेतृत्वबाट राजिनामा दिएका थिए।

रासस/एएफपी

 

प्रकाशित: Nov 11, 2019| 10:09 सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।