आइतबार, साउन ३१, २०८३

डा. केसीलाई लिन गएको हेलिकप्टर रित्तै फर्कियो

अनसनरत डाक्टर गोविन्द केसीलाई लिन डडेल्धुरा गएको नेपाली सेनाको हेलिकप्टर रित्तै फर्किएको छ।
 |  सोमबार, कात्तिक २५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २५, २०७६

डडेल्धुरा- अनसनरत डाक्टर गोविन्द केसीलाई लिन डडेल्धुरा गएको नेपाली सेनाको हेलिकप्टर रित्तै फर्किएको छ।

डाक्टर केसीले डडेल्धुरा छोड्न नमानेपछि नेपाली सेनाको हेलिकप्टर खाली फर्किएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक ददिराम न्यौपानेले जानकारी दिए।

“डाक्टर केसीको स्वास्थ्य अवस्था नाजकु बन्दै गएपछि काठमाडौं लैजान सेनाको हेलिकप्टर आएको थियो, उहाँले नमानेपछि फर्कियो,” न्यौपानेले भने।

हेलिकप्टर फर्किएपछि केसीका समर्थकहरुले थालेको आन्दोलन पनि रोकिएको उनले जानकारी दिए। सरकारले केसीलाई उनको मञ्जुरी बिना नै काठमाडौं लैजान खोजेपछि स्थानीयले यातायात र बजार ठप्प पारेका थिए।

चिकित्सा शिक्षा सुधारको माग गर्दै १७ औं पटक डडेल्धुरामा अन्सनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गए पनि उनले डडेल्धुरा छोड्न मानेका छैनन्।

उता अस्पतालले डा केसीको स्वास्थ्य अवस्था जटिल रहेको र उपचारका लागि डडेलधुरामा सुविधा नभएको भन्दै सुविधासम्पन्न अस्पताल जान सुझाव दिएको छ ।

डा. केसीका मागहरुः
१. हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस ।

२. विश्वविद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस ।

३. आन्दोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस। अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका संचालकहरुलाई फौजदारी कानून बमोजिम कडाभन्दा कडा कारवाही गरियोस। नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाण्डु विश्वविद्यालयको आंगिक कलेज तथा विस्तारित कार्यक्रममा तत्काल ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरियोस।

४. संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा वृद्धि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गरियोस ।

५. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस कार्यक्रम संचालन गरियोस्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडीजीपी कार्यक्रम संचालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमन्त्री कार्यालयले अडकाएर राखेकाले त्यसलाई तुरुन्त स्वीकृति दिँदै शीघ्र एमबीबीएस कार्यक्रम संचालन गर्ने व्यवस्था गरियोस् । प्रदेश नं दुई र चार तथा डोटी/डडेल्धुरा, उदयपुर र इलाम/पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस ।

६. क्यान्सर लगायतका महंगा औषधिहरु भारतभन्दा ४–५ गुणा महंगो भएकाले सुपथ मूल्यमा उपलब्ध गराउने व्यवस्था गरियोस्। कर्मचारी समायोजनका कारण सेवा नै अवरुद्ध भएका डडेल्धुरा लगायतका अस्पताल र स्वास्थ्य संस्थाहरुमा तत्काल दरबन्दीअनुसार चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरियोस ।

७. संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवंडाबाट रोकी पीड़ितहरुको माग अनुसार सम्बन्धित कानुन संशोधन गर्दै पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गरियोस ।

प्रकाशित: Nov 11, 2019| 08:51 सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।