आइतबार, साउन ३१, २०८३

दुई किलो कोकिनसहित ब्राजिलियन नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट दुई किलो एक सय ग्राम कोकिनसहित ब्राजिलियन नागरिक सोमबार पक्राउ परेका छन्।
 |  सोमबार, कात्तिक २५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २५, २०७६

काठमाडौं- त्रिभुवन विमानस्थलबाट दुई किलो एक सय ग्राम कोकिनसहित ब्राजिलियन नागरिक सोमबार पक्राउ परेका छन्।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी वसन्त लामाका अनुसार ६१ वर्षीय सर्जियो टुलाईलाई कोकिनसहित पक्राउ गरिएको हो। विमानस्थलमा भन्सार जाँच गर्ने क्रममा उनले बोकेको झोलामा कोकिन फेला परेको प्रहरीले जनाएको छ । सर्जियोले एक्सवाई ७५९३७ नम्बरको राहदानी बोकेको प्रहरीको भनाइ छ।

उनी कतार एयरको उडानबाट नेपाल आएको खुलेको छ। विमानस्थलमा भन्सार जाँच गर्ने क्रममा उनले बोकेको झोलामा कोकिन फेला परेको हो।

उनलाई थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वर पठाइएको लामाले जानकारी दिए।

प्रकाशित: Nov 11, 2019| 07:43 सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।