काठमाडौं- झापाको भद्रपुर विमानस्थल १० दिन बन्द हुने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नियमित मर्मत सम्भारका लागि कात्तिक २६ गतेदेखि मंसिर ५ गतेसम्म विमानस्थल बन्द गर्न लागिएको हो। सो अवधिमा साविकमा भइरहेका उडानलाई विराटनगरबाट हुने वायुसेवा सञ्चालक संघ (आयोन)ले जनाएको छ।
विमानस्थलमा नेपाल एयरलाइन्ससँगै बुद्ध, यती, सौर्य र श्री एयरलाइन्सले उडान भर्दै आएका छन्।