आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा केन्द्रीय निकायमा नेतृत्वको टुंगो, अनुशासन आयोगमा बोहरा

नेकपा केन्द्रीय निकायमा नेतृत्वको टुंगो, अनुशासन आयोगमा बोहरा

सत्तारुढ नेकपाले पार्टीका विभिन्न आयोग र समिति टुंग्यायाे
 |  सोमबार, कात्तिक २५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २५, २०७६

काठमाडौं- सत्तारुढ नेकपाले पार्टीका विभिन्न आयोग तथा समितिका अध्यक्ष र सचिवकाे टुंगो लगाएकाे छ।

भर्खरै सम्पन्न नेकपा सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहरा र सचिवमा अशोक रोकायालाई जिम्मेवारी दिने निर्णय गरेकाे प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

यस्तै केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडेल चयन भएका छन्। सल्लाहकार कमिटीको अध्यक्षमा केशव बडाल र सचिवमा नन्दकुमार प्यासीलाई जिम्मेवारी दिइएकाे छ।

लेखा परीक्षणको अध्यक्षमा पुष्प कँडेल, सचिवमा टेकनाथ आचार्य र जेष्ठ कम्युनिस्ट मञ्चको अध्यक्ष नन्दकुमार प्रसाइ र सचिवमा गोविन्द ज्ञवाली चयन भएका छन्।

यसैबीच, प्रवक्ता श्रेष्ठले मन्त्री हेरफेरका विषयमा आजको सचिवालय बैठकमा छलफल नभएको बताए। ‘मन्त्री हेरफेरको विषय प्रवेश नै भएन।’ उनले भने।

 

प्रकाशित: Nov 11, 2019| 06:04 सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।