आइतबार, साउन ३१, २०८३

होमस्टेले गाउँमै रोजगार र बजार

सूर्योदय नगरपालिका-४, आलेगाउँका कुमार आलेले होमस्टेबाट सिजनमा दैनिक १३ सय रुपैयाँदेखि ४० हजारसम्म कमाइ हुने बताए।
 |  सोमबार, कात्तिक २५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २५, २०७६

इलाम- सूर्योदय नगरपालिका-४, आलेगाउँका कुमार आलेले १४ वर्षसम्म इलाम र झापामा विभिन्न ठाउँमा काम गरे। २५ सय रुपैयाँबाट सुरु उनको तलब गत साउनमा छाड्दासम्म मासिक २२ हजार भएको थियो।

घरमा पत्नी सुशीलाले होम स्टे सञ्चालन यति बेला पर्यटकले भरिभराउ छ। त्यसैले जागिर छाडेर फर्किएको उनले बताए। ‘पहिले गाउँबाट जागिर खोज्दै बाहिर गइयो’, उनले भने, ‘अहिले आफ्नै गाउँमा जागिर छ।’

दिनेश आलेमगर मलेसियाको टप सिलिङ कम्पनी मासिक ७० हजार कमाइ छाडेर गाउँ फर्किएका छन्।

पत्नी कुसुम मगरले एक्लै सञ्चालन गरिरहेकी थिइन्। होमस्टेको कमाइ बढेपछि दिनेश नेपाल फर्किए। उनले डेढ महिनाअगाडि मात्रै बनाएको नयाँ घर देखाउँदै भने, ‘अहिले पाहुनाको भीड बढेपछि २० लाख लगानीमा नयाँ घर बनाएको छु।’

अन्तु डाँडा

कुमारले होमस्टेमा २२ जनासम्म अटाउन सक्ने र सिजनमा दैनिक १३ सय रुपैयाँदेखि ४० हजारसम्म कमाइ हुने बताए। दिनेशले पनि आफ्ना चार कोठामा २० पाहुना सहज अट्ने र सिजनमा दैनिक ६ हजारदेखि ५० हजारसम्म कमाइ गरेको बताए। आलेका अनुसार असोज, कात्तिक, मंसिर र पुस होमस्टेको मुख्य सिजन हो। होमस्टे सञ्चालनअगाडि आफ्ना कृषि उपज बेच्न भारतीय नगर मिरिक जानुपर्नेमा अहिले गाउँमै खपत हुन थालेको छ।

सूर्योदय नगरपालिकाको सूर्योदय देखिने मुख्य स्थान हो। श्रीअन्तु क्षेत्रमा ५४ वटा होमस्टे छन्। अन्तु डाँडा र अन्तु पोखरी दुईवटा सामुदायिक होमस्टे छन्।

२०५७ मा सुरु भएको अन्तु डाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनकुमार आलेका अनुसार अन्तु डाँडामा ४३ घर छन्। २०७४ मा स्थापित अन्तु पोखरी क्षेत्रमा ११ होमस्टे रहेको होमस्टेका अध्यक्ष शिवराज घिमिरेले बताए। अन्तु क्षेत्रका दुई सामुदायिक होमस्टेमा ७ सय सम्म पाहुना अट्न सक्छन्।

सूर्योदय देखिने अन्तु डाँडासँगै रहेको अन्तु डाँडा सामुदायिक होमस्टेबाट २५ मिनेट यात्रामा पुगिने अन्तु पोखरी होमस्टे क्षेत्रमा मगर, नेवार, क्षेत्री तथा बाहुन समुदायको बसोबास छ । सूर्योदयको दृश्य हेर्न आउने आगन्तुकका कारण होमस्टे सिजनमा भरिभराउ हुन्छन्।

होमस्टेले मध्यम वर्गका परिवारलाई चियाको आम्दानीसँगैको अतिरिक्त आम्दानी हुने र निम्न वर्गका परिवारलाई भने जीविकोपार्जनमा धेरै सहयोग पुगेको अन्तु पोखरी होमस्टेका अध्यक्ष शिवराज घिमिरे बताउँछन्।

कति खर्च हुन्छ एक रातको ?

अन्तु होम स्टेमा साहाकारी पाहुनाले ५ सय रुपैयाँमा एक रात बिताएर खाना तथा नास्ता खान सक्ने कुमार आले बताउँछन्। माछामासु खानेले भने प्रतिव्यक्ति १ हजार हाराहारीमा खर्च गर्नुपर्छ।

कसरी पुग्ने अन्तु क्षेत्रका होमस्टेमा ?

बिहान सूर्योदयको दृश्य देखिने अन्तुबाट रातको समयमा झिलिमिली बत्ती बलेका दार्जिलिङ, खर्साङ, मिरिक, सिलिगुरी र बागडुग्राजस्ता सीमापारिका भारतीय सहर देख्न सकिन्छ। अन्तु पुग्न मोटरबाटो बनेको छ। मेची राजमार्गबाट वा भारतको मिरिकबाट पशुपतिनगर नाका हुँदै पनि अन्तुमा पुग्न सकिन्छ।

प्रकाशित: Nov 11, 2019| 04:35 सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।