आइतबार, साउन ३१, २०८३

यसकारण सम्झिइन्छ महागुरु फाल्गुनन्दलाई

नेपालका १६ औँ राष्ट्रिय विभूति समाजसुधारक महागुरु फाल्गुनन्दको १ सय ३५ औँ जन्म जयन्ति आज विभिन्न कार्यक्रम गरेर मनाइँदै छ।
 |  सोमबार, कात्तिक २५, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २५, २०७६

काठमाडाैं- नेपालका १६ औँ राष्ट्रिय विभूति समाजसुधारक महागुरु फाल्गुनन्दको १ सय ३५ औँ जन्म जयन्ति आज विभिन्न कार्यक्रम गरेर मनाइँदै छ।

पूर्व, भारतको सिक्खिम दार्जेलिङ नेपाल तथा विदेशका विभिन्न भू–भागमा विशेष कार्यक्रम गरेर फाल्गुनन्द जयन्ति मनाइँदै छ।

पूर्वको लिम्वुवानी समाजकका सुधारक, मुन्धुम (लिम्बू जातीको वेद) को संरक्षण कर्ता, ध्यानी योगी तथा धार्मिक अगुवाका रुपमा फाल्गुनन्दलाई चिनिन्छ।

नेपालका सोह्रौं राष्ट्रिय विभूति रहेका फाल्गुनन्दले धार्मिक प्रचलन निर्माणको काम गरेकोले महागुरु समेत भन्ने गरिन्छ।

उनीसँग जोडिएका विभिन्न किन्वदन्तीसमेत पाइन्छ। झट्ट सुन्दा अचम्म लाग्ने खालका काम पनि उनले गरेका उनीसँग अद्भूत दैविक शक्ति रहेको विश्वास गरिन्छ। अध्यात्मिक क्षेत्रको विकासमा अमूल्य योगदान गरेका फाल्गुनन्दले पूर्वीय समाजको सुधारका लागि सात बुँदे सत्य धर्म मुजुल्का समेत बनाएका थिए।

विंस १९४२ साल कातिक २५ गते जन्मिएका फाल्गुनन्दको जन्म जयन्तिको अवसरमा पाँचथरको लोबे्रकुटी, सिलौटी, इलाको लारुम्बा, झापाको दमक, तेह्रथुमको अठाराई , धनकुटा, ताप्लेजुङ लगायतका ठाँउमा विभिन्न कार्यक्रम राखिएका छन्।

फाल्गुनन्दले इण्डियन लाहुरे बनेर युद्ध पनि लडेका थिए। उनले ८ वर्षको उमेरमै दैविक शक्ति प्राप्त गरेका बताइन्छ। युद्धबाट फर्किएर ध्यान, कर्म तथा धार्मिक सांस्कृतिक सुधारमा लागेको भन्ने भनाइ छ।

नेपाल सरकारले २०६६ साल मंसिर १६ गते उनलाई विभूति घोषणा गरेको थियो। लिम्बू समुदायको संस्कारको सुधारका लागि उनले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ। २००५ साल चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्वुङमा उनको मृत्यु भएको थियो।

राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

महागुरु फाल्गुनन्दको जन्मजयन्तिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीले शुभकामना दिएका छन् ।

राष्ट्रपति भण्डारीले फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको पालना गर्न सके मुलुकलाई एकतावद्ध बनाउन सकिने बताएकी छन् ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले फाल्गुनन्द जयन्तीका अवसरमा शुभकामना दिँदै फाल्गुनन्दका जीवनसँग गाँसिएका महत्वपूर्ण ठाउँहरूलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

प्रकाशित: Nov 11, 2019| 03:09 सोमबार, कात्तिक २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।