आइतबार, साउन ३१, २०८३

धन्न जोगियो जुम्ला बजार

आइतबार विहान जुम्लाको खलंगा बजारमा रहेको नेवा खाजा घरमा आगलागी भएको छ।
 |  आइतबार, कात्तिक २४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २४, २०७६

सुर्खेत– आइतबार विहान जुम्लाको खलंगा बजारमा रहेको नेवा खाजा घरमा आगलागी भयो।

विद्युत सर्ट भई लागेको आगो दन्किंदै गएपछि घरहरु जोडिएर रहेको खलंगा बजार पुरै सल्किने हो कि भनेर खलंगबासी त्रसित थिए ।

तर, समयमै पुगेको दमकलका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाको सक्रियतामा आगो फैलन पाएन। एउटा घरलाई मात्र नोक्सान पुर्‍याएको आगो निभाइयो ।

जुम्लाका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले दिएको जानकारी अनुसार आगो नियन्त्रणमा आए पनि क्षतिको विवरण भने आइसकेको छैन।

“घरधनी काठमाडौं गएका रहेछन्, उनी आएपछि मात्रै क्षतिको विवरण आउँछ” धामीले भने, “समयमै दमकल पुगेकाले धन्न आगो फैलन पाएन, नत्र खलंगा बजार नै ध्वस्त हुने थियो ।”

घरधनी चन्दननाथ नगरपालिका–५ का नवराज श्रेष्ठ आएपछि क्षतिको पूर्ण विवरण आउने प्रहरीको भनाई छ ।

आगलागीबाट लाखौ मूल्यको धनमाल जलेर नष्ट भए पनि मानवीय क्षति भने हुन नपाएको उनले जानकारी दिए।

 

प्रकाशित: Nov 10, 2019| 14:42 आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।