शनिबार, वैशाख १२, २०८३

चिसो झरीमा जोशिलो प्रतिरोध सभा [तस्बिरहरु]

सेतो, रातो र कालो ध्वजालाई हावामा लहराउँदै थिएटर मलका कलाकारले नाट्य प्रस्तुति पनि देखाए। चिसो सडकमा अभिनय गरेका कलाकारको प्रस्तुति वर्तमान व्यवस्थामाथिको व्यंग्य थियो।
 |  शुक्रबार, साउन ८, २०७८

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

शुक्रबार, साउन ८, २०७८

National life

झरीको परवाह नगरी बिहीबार गायक, कवि–लेखक तथा रंगकर्मीहरूको समूह ‘प्रतिरोध जनअधिकार आन्दोलन’ले प्रतिरोध सभा आयोजना गरे। माइतीघर मण्डलमा भेला भएका उनीहरुले नयाँ बानेश्वरमा पुगेर विभिन्न रचनात्मक प्रस्तुतिमार्फत विरोध गरेका थिए।

सेतो, रातो र कालो ध्वजालाई हावामा लहराउँदै थिएटर मलका कलाकारले नाट्य प्रस्तुति पनि देखाए। चिसो सडकमा अभिनय गरेका कलाकारको प्रस्तुति वर्तमान व्यवस्थामाथिको व्यंग्य थियो।  

सभामा कवि अनिता माझी, निभा शाह, विनोदविक्रम केसी र राजु स्याङ्तानले कविता बाचन गरेका थिए भने भारतीय गायक भुपिन हजारीका गीत ‘ओ गंगा तुम, ओ गंगा बहती हो क्युँ’ गीतलाई नेपालीकरण गरेर ‘ओ बागमती जान्छौ कहाँ’ लाई ‘सुसेला संगीत समूह’का गायक अञ्जान बाबु, कवि तथा पत्रकार शकुन्तला जोशी, अनिता पण्डित लगायतको टिमले सांगीतिक प्रस्तुति देखाएका थिए । 

थोत्रो तिथि फालौं, आउनुहोस् नयाँ थालौं’ महिला हिंसा विरुद्ध लडिरहेका, अब जाततन्त्रका विरुद्ध पनि लडौं लगायत नारा लेखिएका प्लेकार्ड सहित वर्तमान व्यवस्थाविरुद्ध प्रतिरोध सभा कार्यक्रम गरिएको थियो।

kumari


प्रकाशित: Jul 23, 2021| 11:55 शुक्रबार, साउन ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।