आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीले सम्झौता उल्लंघन गरेको डा. केसीको आरोप

प्रधानमन्त्री ओलीले सम्झौता उल्लंघन गरेको डा. केसीको आरोप

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपीशर्मा ओलीले आफूसँग गरेका सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्।
 |  आइतबार, कात्तिक २४, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २४, २०७६

डडेलधुरा- चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपीशर्मा ओलीले आफूसँग गरेका सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्।

सात दिनदेखि डडेलधुरामा अमशनरत डा. केसीले आईतबार पत्रकार सम्मेलन गरी उक्त आरोप लगाएका हुन्। ओली प्रधानमन्त्री हुँदा चारपटकसम्म अनशन बसेको जानकारी गराउँदै उनले बेलाबेलामा आफूसँग गरेका सम्झौताहरू उल्लंघन भएको बताए।

प्रधानमन्त्री ओलीको पेलेरै लाने मानसिकताका कारण सम्झौता कार्यान्वयन गर्नुको सट्टा उल्लंघन गरिहरेको उनको आरोप छ।

‘ओलीजीमा पेलेरै लाने मानसिकता छ। उहाँले सम्झौता उल्लंघन गर्नुहुन्छ। सम्झौता कार्यान्वयन त परको कुरा हो’ उनले भने। सरकार र अन्य पार्टीका नेताहरूले शिक्षा र स्वास्थ्यको चरम व्यापारीकरण गरिरहेको उनको आरोप छ।

सरकारका प्रधानमन्त्री, मन्त्रीहरूले राज्य कोषबाट विदेशमा उपचार गराइरहेको उल्लेख गर्दै अनशनरत डा. केसीले गरिब जनताले देशमै उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था रहेको बताए।

प्रधानमन्त्रीले चाहेमा आफ्ना मागहरू एक घण्टाभित्र पूरा हुने उनले बताए। मन्त्रीलाई प्रधानमन्त्री ओलीले एक आदेश दिए आफ्ना सातबुँदे माग पूरा हुने उनको दाबी छ।

‘अहिले मन्त्रीहरूले आफ्नो इच्छाले काम गर्न सक्दैनन्। ओलीजीकै आदेशमा उनीहरूले काम गरिरहेका हुन्छन्’ केसीले भने, ‘मेरा मागहरू अहिलेसम्म पूरा भइसक्नुपर्ने हो। तर, भएका छैनन्। ओलीजीको एक आदेशमा एक घण्टाभित्र मेरा सबै मागहरू पूरा हुन्छन्।’

प्रधानमन्त्री ओलीले चाहेमा डडेल्धुरालगायतका देशका चिकित्सकविहीन रहेका अस्पतालमा डाक्टर पदपूर्ति हुने उनले बताए। देशका प्रधानमन्त्री जनताको स्वास्थ्यप्रति गैरजिम्मेवार भएको उनको आरोप छ।

‘प्रधानमन्त्री ओलीजी कति समवेदनहीन, जनताप्रति उनको समवेदनशीलता नै छैन’ उनले भने, ‘ओलीजी कुर्सीको आडमा चलिरहेका छन्।’

सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिक उपचार नपाएर मृत्युवरण वा अन्यत्र जानुपर्ने अवस्था रहँदा प्रधानमन्त्री ओलीले आफ्नो क्षेत्रमा बुद्धको मूर्ति र भ्युटावर निर्माण गर्न १८ अर्ब सरकारी लगानी गरिरहेका भन्दै केसीले ओली झापाको मात्र प्रधानमन्त्री भएको बताए।

‘प्रधानमन्त्रीको जिल्ला झापामा बुद्धको मूर्ति बनाउन १५ अर्ब र भ्युटावर बनाउन ३ अर्ब सरकारी लगानी गरिँदैछ। ओलीजी झापाको मात्रै प्रधानमन्त्री हो?’ उनले प्रश्न गरे।

१८ अर्बमा ४–५ वटा सरकारी मेडिकल कलेज संचालन गर्न सकिने उनले बताए। देशको प्रधानमन्त्रीलाई शिक्षा महत्वसमेत थाहा नभएको उनको आरोप थियो।

आफूले अनशन थालेको सात दिन हुँदासम्म सरकारले कुनै किसिमको प्रतिक्रियासमेत नजनाएको उनको भनाइ छ। प्रधानमन्त्री जनताको सेवक हुने ठाउँमा महाराजाको जस्तो व्यवहार गरिरहेको डा. केसीको आरोप छ।

सात दिन हुँदासम्म सरकार चुप लागेकाले अझै दुई दिन पर्खिने र दुई दिनसम्म पनि माग पूरा नभए थप माग राख्ने उनले बताएका छन्।
डा. केसीले आफ्ना माग पूरा नहुँदासम्म डडेल्धुरामै सत्याग्रह जारी राख्ने बताए। उनको स्वास्थ्य अवस्था नाजुक बन्दैगएको छ।

प्रकाशित: Nov 10, 2019| 13:00 आइतबार, कात्तिक २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।