जनकपुरधाम– भारतले हालै जारी गरेको राजनीतिक नक्सामा कालापानीलाई समेटेको विरोधमा आइतबार वीरगञ्ज र जनकपुरमा प्रदर्शन भएको छ ।
मोहन वैद्य किरण नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी र जनगणतान्त्रिक मोर्चा धनुषाले संयुक्त रुपमा जनकपुरको जनक चोकमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरुले भारतीय प्रधधानमन्त्री नरेन्द्र मोदीको पुतला समेत दहन गरेका थिए ।
वीरगंजमा ‘गो ब्याक इण्डिया’
भारतले नेपाली सीमा अतिक्रमण गरेको विरोधमा वीरगञ्जमा पनि प्रदर्शन भएको छ ।
वीरगंजस्थित भारतीय दूतावासको कार्यालय अगाडि धर्ना दिएका प्रदर्शनकारीको जुलुसले त्यसअघि वीरगञ्जको नगरको परिक्रमा समेत गरेको थियो ।
‘गो ब्याक इण्डिया’ लेखिएको ब्यानरसहित घण्टाघर अगाडि उपस्थित युवाहरुको समूहले ‘कालापानी, लिपुलेक, लिम्पियाधुरा हाम्रो हो,’ ‘भारतीय हस्तक्षेप सह्य छैन’, ‘नेपालतिर गिद्दे नजर नलगाऊ’ भन्दै नाराबाजी समेत गरेका थिए ।